बागलुङमा कैदीबन्दीलाई पुस्तक उपहार

पाेखरा | भदौ १३, २०७९

बागलुङमा कैदीबन्दीलाई पुस्तक उपहार तस्बिर रासस


गण्डकी  :    बन्दी जीवन बिताइरहेकालाई पठन संस्कृति र सकारात्मक सोचतिर प्रेरित गर्न पुस्तक उपहार दिइएको छ । १५औँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा विद्यामन्दिर पुस्तकालयले आज बागलुङ कारागारमा पुगी पुस्तक प्रदान गरेको हो ।

 

साहित्य, इतिहास, दर्शनलगायत विधाका २६ थान पुस्तक कारागारलाई हस्तान्तरण गरिएको पुस्तकालयका सचिव रामचन्द्र शर्माले जानकारी दिनुभयो । रु आठ हजार मूल्य बराबरका ती पुस्तक कारागारमा रहेको पुस्तकालयमा रहने गरी प्रदान गरिएको हो ।

 

पुस्तक ग्रहण गर्दै कारागार प्रमुख डिलबहादुर केसीले कैदीबन्दीलाई लक्षित गरी जीवनपयोगी र ज्ञानबद्र्धक पुस्तक दिएकोप्रति पुस्तकालयको प्रशंसा गर्नुभयो । “अनेक कारणले कानूनको परिबन्धमा परेर कैदीजीवन बिताइरहेकालाई सत्विचार लिन, ज्ञानको दायरा बढाउन पुस्तकले मद्दत पुग्नेछ”, उहाँले भन्नुभयो ।

 

कारागारलाई पाठशाला बनाउने हेतुले गत महिना मात्र कारागारभित्रै पुस्तकालय स्थापना गरिएको प्रमुख केसीले उल्लेख गर्नुभयो । अन्तर्राष्ट्रिय बागलुङ समाज र नेपाल लाइब्रेरी फाउण्डेशनको सहयोगमा उक्त पुस्तकालय सञ्चालनमा ल्याइएको हो ।

 

विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्माले साताव्यापी रुपमा दिवस मनाउने सिलसिलामा कारागारलाई पुस्तक हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले उपहार स्वरुप दिइएका पुस्तक सदुपयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

 

उक्त पुस्तकालयले विसं २०२० तिर घुम्ती पुस्तकालय सञ्चालन गरी कारागारमा रहेका केदीबन्दीसम्म पुस्तक पु¥याउने गथ्र्यो । त्यसताका गृहणीका लागिसमेत उपयोगी पुस्तक घरघरै पु¥याउने गरिएको पुस्तकालयका पूर्वअध्यक्ष महेशचन्द्र प्रधानले स्मरण गर्नुभयो । अहिले भने घुम्ती पुस्तकालय सञ्चालनमा छैन ।

 

राणाकाल छँदा विसं २००३ मा स्थापित विद्यामन्दिर पुस्तकालय देशकै अग्रणीमध्येमा पर्छ । प्रतिकूल स्थितिमा खुलेका कारण पनि यसको अलग्गै पहिचान र गरिमा छ । यस क्षेत्रको शैक्षिक, सामाजिक, सांस्कृतिक र राजनीतिक जागरणको केन्द्रको रुपमासमेत विद्यामन्दिर पुस्तकालयलाई लिइन्छ । 

 

स्थापनाकालमा काठमाडौँ उपत्यका हुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधाका गरी करिब १५ हजार पुस्तक छन् । पुस्तकालयमा अहिले विद्युतीय पुस्तकालय (इ–लाइब्रेरी) पनि छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक ठाँटीको पौवामा चलेको पुस्तकालय अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सञ्चालित छ । 

 

पुस्तकालयले बर्सेनि पुस्तकालय दिवसलाई विशेष रुपमा मनाउँदै आएको छ । बिहीबादेखि साताव्यापी कार्यक्रमसहित दिवस मनाउन सुरु गरिएको पुस्तकालयले जनाएको छ । शुक्रबार पुस्तकालयको बाल विकास केन्द्रमा अध्ययनरत बालबालिकाको स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सामग्री वितरण गरिएको थियो । 

 

शनिबार साहित्यिक संस्थासँगको सहकार्यमा मोती जयन्ती, आइतबार माध्यमिक विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरिएको छ । आज कारागारलाई पुस्तक हस्तान्तरणसँगै पुस्तकालय परिसर सरसफाइ गरिएको जनाइएको छ । मङ्गलबार पुस्तकालयको सभाकक्षमा चित्रकला प्रदर्शनी हुनेछ ।

 

बुधबार दिवसको मूल समारोह आयोजना गरिएको छ । यस वर्ष ‘पढौँ, पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ” भन्ने आदर्श वाक्यसहित दिवस मनाइँदैछ । भाषा, वाङ्मयप्रेमीले पुस्तकालय दिवसलाई महत्वका साथ लिन्छन् । RSS

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्